Rule 17
राहदानी बहाल रहने अवधि
यस नियमावलीमा राहदानी बहाल रहने अवधिका बारेमा छुट्टै व्यवस्था भएकोमा बाहेक देहायको राहदानी देहायको अवधिसम्म बहाल रहने गरी जारी हुनेछः-

(क) साधारण राहदानी दश वर्ष,

तरा दश वर्षभन्दा कम उमेरका नाबालकको राहदानी जारी भएकोमा जारी भएको मितिदेखि पाँच वर्षसम्म मात्र बहाल रहनेछ ।

(ख) विशेष राहदानी जारी हुने व्यक्तिको उमेर, सेवा अवधि र पदावधि समेतलाई विचार गरी बढीमा दश वर्ष,

(ग। ८ कुटनीतिक राहदानी जारी हुने व्यक्तिको उमेर तथा पदावधि समेतलाई विचार गरी बढीमा दश वर्ष,

तर नियम १० को खण्ड (द) र (ध) बमोजिम भ्रमण दलमा समावेश हुने व्यक्तिको नाममा जारी हुने राहदानीको अवधि बढीमा एक वर्षको हुनेछ।

(घ) नियम १२ बमोजिम कुटनीतिक राहदानी जारी हुने व्यक्तिको उमेर तथा पदावधि समेतलाई बिचार गरी बढीमा पाँच वर्ष, (ङ) सर्भिस राहदानी बढीमा पाँच वर्ष: ।